Home » » गणतन्त्र नेपाल

गणतन्त्र नेपाल

Written By Unknown on Sunday, August 17, 2014 | 9:03 PM

'गणतन्त्र' वस्तुत: राष्ट्रिय संघीय राज्य शासन विधि व्यवस्थाको एक सर्वोत्कृष्ट शासकीय पद्धति हो। राष्ट्र राज्य वा निश्चित देशविशेषमा रहेबसेका सबै समूहद्वारा समग्र जनताको सामूहिक हितका खातिर हुने, गरिने चल्ने शासन विधि व्यवस्थाको नाम गणतन्त्र हो।

नेपाल जस्ता केही मुलुकमा अहिले गणतन्त्रलाई राजतन्त्रविपरीत वा त्यसकै अर्को प्रतिस्थापित शासकीय स्वरूप भन्ने अर्थबोध गरिन्छ। तर गणतन्त्रको त्यो रूपभन्दा त्यसको सारसन्दर्भ बेग्लै छ। परिणाममा जहाँ व्यक्ति वर्ग व्यक्तित्व-वंश वा कसैको हंसविशेषमा भन्दा समग्र समूहविशेषलाई ध्यान दिएर शासन सञ्चालन गर्ने शासकीय पद्धतिको निर्धारण हुन्छ, त्यहाँ नै गणतन्त्रात्मक विधिविधान एवं व्यवहारको बोध गरिन्छ।

शिवपुत्र लम्बोदर वा गजाननलाई गणपति मानियो। त्यो मान्यता समस्त देवगणद्वारा अनुमोदित एवम् प्रतिष्ठापित आस्था हो। त्यसैगरी हाम्रो वैदिक तथा अनेक धार्मिक राज्यव्यवस्थामा पनि सर्वमान्य सर्वग्राह्य सर्वस्वीकार्य गणात्मक शासन प्रक्रियाको सुव्यवस्थापन हुने गर्दथ्यो। वास्तवमा नाम, रूप, शब्द सन्दर्भले जेजे भने पनि वा जेजे लेखे-लेखाइए पनि गणतन्त्र जनताद्वारा जनताका निम्ति चलाइने विधि व्यवस्थापन नै हो।

यो ब्रह्माण्ड विशाल यो विशालताभित्र अनेक पार्थक्य तथा अनेक प्रकार पनि छ। त्यस्तो पृथक् पृथक् प्रकारान्तरमा आआफ्नो मौलिक पहिचानमा अडिएर आफूभित्रको एक भिन्न आकार-प्रकार तथा समूहअनुरूपको सामूहिक, भौगोलिक मौलिक विधि बन्दोबस्त गर्ने सामाजिक पद्धति नै यथार्थत: 'गणतन्त्र' हो।

तर अहिले त्यस्तो गणतन्त्रलाई कतै जातीय, कुनै दलीय, कतै वर्गीय, कतै क्षेत्रीय वा संघीयको अर्थमा लिएर मात्रात्मक रूपमा संकुचन गरिएको छ। फलत: आधुनिक राजनीति राज्य सञ्चालनको सुशासन पद्धति कता-कता बदलिरहने बेथिति वा विकृतिका रूपमा चित्रित हुँदै गएको पनि पाइन्छ।

भनिन्छ- नेपालमा २०६५ जेठ १५ गतेदेखि गणतन्त्र आयो। गणतन्त्र कुनै भौतिक, जैविक रूप आकारको नाम होइन, त्यसको कुनै रंग वा अलग गन्ध नै हुन्छ। गणतन्त्र सबैको साझा तन्त्र, आम समूहको हितकार तन्त्र राम राज्यको उच्चतम संयन्त्र हो।

परापूर्वदेखि सभ्यताको आलोकमा झुल्किएको-आफ्नै स्वर्णिम टहकमा टल्किएको पछि आएर अनेक कणकणबाट एक विशाल भूखण्ड भएर रहेको यो नेपाल वस्तुत: आम नेपाल भूखण्ड तथा तमाम नेपाली समूहविशेषको एक विस्तारित एकीकृत एकात्मक एक पृथ्क मौलिक समाजको साझा पिण्ड हो।

इतिहास बुझेकाहरूले नेपालको भूखण्ड, राज्यतन्त्र, शासन पद्धति परिपाटी निरन्तर परिवर्तित झैं अनुबोध गर्छन्, तर मूलत: इतिहासका ती हरेक कालखण्डका मौलिक मानवीय राज्य विधि व्यवस्थाको अभीष्ट गुणात्मक रूपले गणहितकारी नै थिए।

आफ्नो भूखण्डलाई सुरूप पार्ने आफ्ना वासिन्दालाई सुखी, समृद्ध बनाउने सुन्दर सपना यहाँ सबैको थियो अर्थात् नामले, शब्दले वा चलनचल्तीले जेजे अभिव्यक्ति दिए पनि समष्टिकै हितको गणात्मक गणमूलक पद्धतिकै प्रक्रिया निरन्तर प्रवद्र्धित थियो। त्यस आधारले हेर्दा नेपालमा गणतन्त्रको अभ्युदय २०६५ जेठ १५ मा भयो भनेर भन्नुको एक निहितार्थको राजनीतिक सन्दर्भ मात्र हो।

कतिपय इतिवेत्ता तन्त्रबोधी राजनीतिशास्त्री विज्ञविश्लेषकहरू यस्तैयस्तै अर्थबोध गर्छन्।

जे होस्, विश्व राजनीतिको अत्याधुनिक कालखण्ड वा अर्थ प्रसंगमा भन्नुपर्दा २०६५ जेठ १५ गते हजारौं वर्षदेखि बनेको नेपाल भूखण्डमा अढाइ सय वा त्योभन्दा अघिदेखि चलेको राजसंस्थात्मक गण व्यवस्थाको समापन भएर गणतान्त्रिक नेपालको राजनयिक रचना खडा भयो।



हो, एक स्वाधीन स्वतन्त्र, सार्वभौम शान्त नेपाल अधिराज्य भनेर भनिएको पुरानो रचनात्मक नामलाई केही बदलेर अहिले लोकतान्त्रिक संघीय गणतन्त्र नेपालको नयाँ नामांकन वा रूपान्तरण गरिएको छ। बाँकी कुरा अर्थात् यहाँको भूखण्ड प्रकृति परिवेश, प्रकार। रूप। आकार तथा समूह स्वरूप उही , उस्तै छ।

कुनै पनि राष्ट्र एक सुनिश्चित तन्त्रद्वारा सञ्चालित हुन्छ, व्यवस्थित बन्छ। निश्चित शासन निश्चित तन्त्र प्रणालीको अधीनमा निर्धारित संयन्त्रद्वारा चलाइन्छ चल्नुपर्छ। अनि राष्ट्रभित्रको त्यस्तो तन्त्र सर्वथा स्वतन्त्र पनि हुनुपर्छ। आफ्ना निम्ति आफैंद्वारा हुने आफ्नो शासनतन्त्रले वस्तुत: त्यो राष्ट्र त्यहाँका राष्ट्रवासीको गुणात्मक गणनीय गणक ल्याण गर्छ।कतिपयको गुनासो - नेपालमा आधुनिक राज्य प्रणालीको सुन्दर शब्दावली 'गणतन्त्र' आयो तर आफ्नो तन्त्र आफैं आफैंका लागि बन्ने बनाइने आफैंको आआफूकै तन्त्रचाहिँ ख्वै कता गयो? शासन तन्त्र भनेको आआफ्नो राज्य बन्धनको सुनिर्धारित व्यवस्थापन हो।यो बन्धन कुनै बध्याइँबोझ वा दोहनको संसाधन होइन। यो राज्य, समाज समूहको एक बन्दोबस्तीय प्रावधान हो। त्यही संसाधन प्रावधानलाई व्यवस्थापन गर्न भनेरै राष्ट्रको मूल कानुन संविधान बन्छ, बनाइन्छ।
नेपालमा त्यही नयाँ बन्दोबस्तीय व्यवस्थापनका हेतु नयाँ संविधान बनाउने, त्यो संविधानलाई जननि:सृत तुल्याउने भनेरै 'संविधानसभा' को निर्वाचन फेरि दोस्रोपल्ट भइसकेको छ। यो संविधान गणतन्त्र संविधान, यो संविधान राष्ट्रको लोकतान्त्रिक संविधान अनि यो संविधान संघात्मक, गुणात्मक गणात्मक राष्ट्रको मूल मौलिक संविधान भनेर पनि नेताहरूको निकैविधि गीतगुन्जन रहेको छ।
तर सय एकको जम्बो सभा संगठन निर्माण गरेर पनि कहिले चतुष्कोणीय कहिले अष्टावक्रीय संयन्त्र बनाउने अनि त्यसैद्वारा जननिर्वाचित सभा विधि व्यवस्थापनको संरचनालाई प्रभावित पार्ने रण प्रपञ्च अहिले चलिरहेको छ। तन्त्रअन्तर्गत रहने संवैधानिक संयन्त्रलाई निस्तेज पारेर केही नेताहरूको नायकी तन्त्रद्वारा मुलुकी तन्त्र चलाउने यो षड्यन्त्र वस्तुत: जनादेशी तन्त्र नभएर बाह्य मन्त्र यो हो कि भन्ने सशंकित मानसिकता पनि अहिले नेपाली जनसाधारणमा त्रस्तरूपमा छ।त्यसैले मान्छेहरू भन्छन्- हामीले भोट खसाल्ने मात्र हो, ओठ-ओठ मिलाएर, नोट-नोटको चाङ उठाउने काम हाम्रा अरूका नेताहरूको पो हुन गयो। उनीहरूभित्र त्यही अन्तर्भावको उही भरंगता - गणतन्त्र आयो गयोतन्त्र। सती तन्त्र, शाश्वत तन्त्र सारभूत तन्त्र समूह तन्त्र भनेर पो आएको हो- गणतन्त्र।\'तर नेपालको गणतन्त्र त्यस्तो तन्त्रको शुभागमन होइन, मौजुदा स्वतन्त्रता वा अग्रगामिताको तन्त्रको बहिर्गमनका निम्ति हुन पुगेन? जनमनभित्रको उठेको प्रश्न हो यो।चुनाउ लड्डा, दल खोल्दा, दलीय घोषणा बनाउँदा, सरकार निर्माण गर्दा वा सरकारी कार्य सञ्चालन प्रक्रियामा जाँदा वा विधान बाहिर राष्ट्रको भूसीमा रेखा बाहिरबाट दिशा निर्दिष्ट हुने अवस्था हुन्छ तब त्यो कसरी' सही स्वतन्त्र राष्ट्रको वास्तविक गणतन्त्र हुन्छ भन्ने त्यस्तो प्रश्न गर्नेहरूको अन्तस्र्पन्दन त्यसै अर्थमा प्रष्फुटित हुने पुगेको -?आयो गणतन्त्र-भयो-'गयो तन्त्र' हो, रामशाहका पालाको एउटा कथन थियो- न्याय नपाए गोरखा जाऊ ।तर न्याय मात्र होइन, जब राज्य समाजको तन्त्र नै नपाइने गरी अनि नबुझिने गरी कतै जान्छ अनि जाने कहाँ? पाउने के?
नेपालको गणतन्त्र नेपालको स्वत्व अन्यत्र मिल्काउन होइन, नेपालको गणतन्त्र राष्ट्रको अस्तित्व, प्रतिष्ठा वा अपनत्वको विनष्टका निम्ति होइन। यो संप्राप्ति, संप्रभुत्व गुणात्मक गणहितका हेतु हो। गणतन्त्रि प्राप्तिको छैटौं वर्षगाँठ मनाइसक्दा पनि नेपालमा सही गणतन्त्रात्मकताको छनक होइन, आफूभित्रको तन्त्र निर्यातनको तथा बाह्य दबाब प्रभाव अनि सानसंकेतको आयातित व्यवस्थापन पो झनै बढ्दो छ।
गणतन्त्रात्मक राज्य प्रणालीको यो समयावधिमा भएगरेका 'आयो- गयो' को यस्तो अराजनीतिक अवैधानिक दिवालियापन आफैंमा विनष्टकारी विडम्बनाको विषय हो। हो, संक्रमण, अतिक्रमण अनिर्धारण बाह्य आवरणका यी यस्ता कुरा समयसारिणी क्र्चरणमा यदाकदा हुन्छन्। तथापि हाम्रो तन्त्रविधि व्यवस्थापन स्थिति संयन्त्र अन्तरिम नै भए पनि बिल्कुल नभएकै होइन नि।
गणतन्त्रात्मक नेपालबाट राजाले बिदाइ लिए पनि सर्वोपरि महामहिम राष्ट्रपति छन्। सही गणपति नभए पनि उपराष्ट्रपति पनि छन्। अनि शासन सत्ताको दैनन्दिनी सुव्यवस्थापनका निम्ति भनेर वैधानिक तहबाट नभए पनि चतुर्कोणीय सिन्डिकेटद्वारा निर्मित सरकार संयन्त्र छ।तर हराएको तन्त्र,बिलाएको विधान बिग्रिएको विशिष्ट राष्ट्रिय बन्दोबस्तप्रति उनीहरू किन उदासीन छन्? जनताको मनभित्र अहिले यो गम्भीर प्रश्न छ।दोस्रो संविधानसभाको चुनाउ सम्पन्न गरेर, गैरराजनीतिक चरित्रहरूको सरकारलाई छिटो बिदाइ गरेर लोकतान्त्रिक पद्धतिअनुरूप राजनयिक मूल्यको सरकार छिटो निर्माण गर्ने कतै हराएको-बहिर्गमित भएको राष्ट्रतन्त्रको तन्तु मिलाउन छिटो गणतन्त्रीय संविधान बनाउने भन्ने विभिन्न दल तिनका नेताहरूको प्रतिबद्धता डेढ महिना त्यस्तै-त्यस्तै डेढ अक्कलीमा व्यतित भएको यही भद्रो हेराई बहिर्गमित दृष्टि 'हेर पर्ख कुर 'वरपर निहार' को उही उपक्रमकै लहडबाजीमा अर्को डेढ महिना बित्ला जस्तो छ। येनकेन तानतुन, येनकेन टालटुल येनकेन कालक्षेपण -के यही हो नेपालको गणात्मक गुणात्मक शासन? गणतन्त्र कहाँ छैन?विश्वका दुई अढाइ सय मुलुकमध्ये कहीँ केही कहीँ केही थरीथरीका तन्त्र छन्, अधिकत राष्ट्रको गणतन्त्रकै पनि अनेक रूप, रंग राग-अनुराग छन्। तर वर्षअघि आएको भनिएको गणतन्त्रचाहिँ नेपालका लागि गयो तन्त्र' को विचित्र विरूप अवस्थितिमा भने कति अरूका निम्ति पनि यो अनेपालीद्वारा नवनेपालका निम्ति सिँगारिदिन खोजेको तर नसुहाएको, नटुहाएको (स्वाद खाको) अवस्थामा चित्रित छ।कृपया संविानसभा, सरकार, सरकारी संयन्त्र पद, ओहदा, दर्जा एवं सन्ताप सलामको-संयन्त्रयुक्त खेलबाजीमा नलागी गएको आफ्नो तन्त्र सही गणात्मक तन्त्र (गणतन्त्र) तर्फ उद्यत् हुने हो कि ! जनमनको यही प्रकाश!! गणतन्त्र आयो।तर त्यसो भन्दैमा हाम्रा भाजु गुभाजु, हाम्रो बाजे बराजु, हाम्रा धामीझाँक्री, हाम्रा पण्डित-पुरोहितहरूको तन्त्रमन्त्र उसै अन्यत्र गयो ? गएन। अनि गणतन्त्र आउँदैमा के हाम्रा फुपू फुपाज्यू, हाम्रो दिदीभिनाजु, हाम्रा दाजुभाउजूहरूको मानमर्यादा मान्यता के उसै अन्यत्र कतै भंगीत भएर गयो ?हाम्रो धर्म, हाम्रो संस्कृति, रीति, पद्धति, पर्व, सन्दर्भ, चाडबाड, आफ्नै मौलिक सनातनी संस्कार सबैभित्र उही, उस्तै गुणात्मक, गणात्मक मौलिक मूल्यमान्यता उहिल्यैदेखि उही उस्तै छन्। तर राज्य संयन्त्र, राजकीय सुप्रबन्ध फेरिएको छ। ती रीति पद्धतिमा पुगेर प्राणप्रतिष्ठा गर्नेगराउने आकृति बदलिएको छ।अनि सबैभन्दा नराम्रो कुरा शनै:शनै: हाम्रो राज्यको तन्त्र, संयन्त्र कताकताख्वै कता लाग्यो भन्ने प्रश्नमा जेलिन पुगेको छ। तन्त्र हुनुपर्छ, आफ्नो मन्त्रको महिमा पनि रहनुपर्छ। गणहितमा गुणकारी संयन्त्र पनि व्यवस्थित हुँदै जानुपर्छ। तर विस्तारै मन्दविष सेवन गर्दै गणतन्त्रका नाममा आत्मतन्त्रलाई क्षेदन, भेदन, आच्छादन बहिर्गमन गर्नु हुँदैन।
Share this article :

0 comments:

Post a Comment

 
Support : Youtube | Internet Archive | Krisha Music
Copyright © 2013. Sushil Poudel :: - All Rights Reserved
WEBSITE BY : RIJAN KC
ALL RIGHTS RESERVED : SUSHIL PAUDEL